जुवातास खेलिरहेका १० जना पक्राउ


प्रहरीले पोखराबाट जुवातास खेलिरहेका १० जनालाई आज साँझ पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका ३१ स्थित हिराकाजी श्रेष्ठको घरमा रहेको सिसा होटल एण्ड रेष्टुरेन्टमा छापा मारेर प्रहरीले १० जना पक्राउ गरेको हो ।

उनीहरुको साथबाट साढे ४ लाख ७९ हजार रुपैयाँ बरामद भएको एसपी अशोक सिंहले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो । एकसाताका वीचमा प्रहरीले १३ वटा जुवाखालमा छापा मारेको छ।

सयभन्दा बढी पक्राउ परिसकेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.