अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघका अध्यक्ष सागर थापाले पशुपति मन्दिरको पश्चिम ढोका नखोले ताला फोड्ने चेतावनी दिएका छन् ।
त्रिशक्ति सिद्धबाबा आध्यात्मिक केन्द्रले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘तीजको पूर्व सन्ध्यामा पशुपति मन्दिरको पश्चिम ढोका बन्द गरिएको छ, नारीहरूको महान चाडको मुखमा यसरी ढोका बन्द गर्ने काम एकदमै गैरजिम्मेवार छ, हामीले अपिल गरेका छौँ, भोलि साँझ ५ बजेपछि उक्त ढोका खोलिएन भने हामी ह्याम्मरले तोड्ने छौँ।’
संस्थाले धार्मिक शुद्धता र हिन्दुराष्ट्र नेपालको पुनःस्थापनाको लागि भन्दै मेची–महाकाली रथ यात्रा निकाल्ने भएको छ ।
भदौं ८ गतेदेखि मेची–महाकाली पुगेर पुनः पशुपति क्षेत्रमा आई रथयात्रा समापन गर्ने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो क्रममा त्रिशक्ति सिद्धबाबा मराजले पुजारी, सन्त महन्त, पिठाधिस, मठाधिसलाई धार्मिक शुद्धताको बारेमा जानकारी दिने बताए ।