अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिने सवइन्जियिरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
जिल्ला शिक्षा कार्यालय उदयपुरमा सवइन्जिनियर पदमा कार्यरत पीताम्बर यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उक्त पदमा नियुक्ति लिएको आयोगले जनाएको छ ।
त्रिविबाट डिप्लोमा इन सिभिल इन्जिनीयर उत्तीर्ण भएको नक्कली एवं झुटा प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै आयोगले अभियुक्त यादवविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ । रासस