झम्सिखेलबाट सेन्ट मेरिज हुँदै जावलाखेल जाने बाटो ‘वान वे’


ललितपुरको झम्सिखेलमा रहेको तामरिन रेष्टुरेन्ट अगाडिबाट जावलाखेलको चिडियाखाना जाने बाटो ‘वान वे’ भएको छ।  ललितपुर ट्राफिक प्रहरीले सो बाटो वन वे गरेको हो। बुधबारदेखि सो सडक वान वे गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेँथुले जानकारी दिए।

सेन्टमेरिज स्कुलका विद्यार्थी ओसार्ने बसका कारण सो क्षेत्रमा बर्षौदेखि जाम हुदैँ आएको थियो । सो सडकमा सेन्ट मेरिज र जेभियर्सका ७८ वटा बस दैीनक सडकमै पार्किङ गरिन्छ।

सडकबाटै विद्यार्थी झार्ने र चढाउने काम हुन्छ। स्थानीयको गुनासो आएपछि जाम  कम गर्न सो बाटो वान वे गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हाछेँथुले जानकारी दिए।

यसैबीच झम्सिखेल चोकमा जाम बढ्न थालेपछि त्यहाँ आजदेखि १२ घन्टा ट्राफिक प्रहरी खट्ने भएका छन् । धेरै जाम हुन थालेपछि ट्राफिक प्रहरीले त्यस क्षेत्रमा ट्राफिक व्यवस्थापनमा जोड दिएको छ।

 

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.