अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत कर्मचारीले बाढीपहिरोपीडितका लागि १५ दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।
आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार । मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीको अध्यक्षतामा गत साउन ३१ गतेको निर्णयअनुसार नै आयोगमा कार्यरत कर्मचारीबाट मानवीय सहयोगस्वरुप बाढीपहिरोपीडितका सहयोगार्थ उक्त रकम उपलब्ध गराउन लागिएको हो ।
प्रवक्ता कोइरालाका अनुसार विशिष्ट श्रेणीको कर्मचारीले शुरू तलबको पाँच दिन बराबर, राप्र प्रथम श्रेणाीको कर्मचारीले चार दिन बराबर, राप द्वितीय र तृतीय श्रेणीका कर्मचारीले तीन दिन बराबर र श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको हो । राहत रकम सरकारलाई एकमुष्ट बुझाइनेछ । रासस