बझाङमा मंगलबार बिहान नयाँ भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसरा ४ दशमलभ ९ रेक्टर स्केल मापन गरिएको भूकम्प बिहान ६ बजेर ३५ मिनेटमा गएको हो।
मापन केन्द्रले यो परकम्प नभई नयाँ भूकम्प रहेको बताएको छ। भूकम्प क्षतिको विवरण अहिले सम्म प्राप्त भएको छैन । यसअघि हिजो मात्रै दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलभ ६ रेक्टर स्केलको भूकम्प गएको थियो।