पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको विर्तामोडमा मोटर साइकलको ठक्करबाट सोमबार एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार स्थानीय विर्तामोड नगरपालिका–१ स्थित राजमार्गमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ घरभएका ६५ वर्षीय कृष्ण भट्टराईको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४ प ३५० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको विर्तामोडको विएण्सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।