डिआइजीको सरुवा : नवराज सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद


नेपाल प्रहरीका ७ जना डिआइजीको सरुवा भएको छ।

सिआइबीमा रहेका डिआइजी नवराज सिलवालको राष्ट्रिय सुरक्षा परिषद सिंहदरबारमा सरुवा भएको छ ।  आइजिपीका दाबेदार रहेका सिलवाललाई सरकारले धेरै सक्रिय नै नहुने स्थानमा सरुवा गरेको हो।

सुदिप आर्चायको ट्राफिक निर्देशनालय, केदारमानसिंह भण्डारीको भरतपुर शिक्षालय, रमेश कुमार भट्टराईको मानव स्रोत विकाशमा सरुवा भएको छ।

त्यस्तै गणेश केसीको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, मधु पुडासैनीको कार्यविभाग, र रोमेन्द्रसिंह देउजाको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.