एसएसपी सरुवा, महाशाखामा लोहनी,काठमाडौंमा धानुक र ललितपुरमा ऐर


महानगरीय अपराध महाशाखाको प्रमुखमा दिवेश लोहनीको सरुवा भएको छ।

एसएसपीमा बढुवा भए लगत्तै गरिएको पदस्थापनामा उनलाई महाशाखा प्रमुखमा ल्याइएको हो।

उनी यसअघि सिआइबीमा थिए।

अहिले महाशाखामा रहेका एसएसपी दिनेश अमात्यलाई हेडक्वाटरमा सरुवा गरिएको छ ।

त्यस्तै काठमाडौं प्रहरी परिसरमा एसएसपी रविन्द्र धानुक र ललितपुरमा गणेश ऐरको पदस्थापन भएको छ । एसएसपी विश्वराज पोखरेलको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएकाे छ।

शैलेश थापाको अाइजी सचिवालय, प्रद्युम्न कार्कीकाे युक्ति तालिम महाविद्यालय नवलपरासी, हरि पालको संघीय प्रहरी काेशीमा पदस्थापन भएको छ। प्रकाशजंग कार्कीकाे कल्याण शाखा,इश्वरबाबु कार्कीकाे तालिम केन्द्र विराटनगरमा सरुवा भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.