कृष्णप्रसाद भट्टराई पुरस्कार पाण्डेयलाई


पत्रकार विजयकुमार पाण्डेयलाई नेपाल पत्रकार महासंघले यस वर्षको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ। महासङ्घको २५औं महाभिवेशमा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पाण्डेयलाई सो पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको छ। त्यस्तै यसै वर्षदेखि प्रदान गरिएको ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरियो।

यसैगरी महासंघले यस वर्षदेखि प्रदान गर्ने ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ कोमल बराल, ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ पुष्कर थापा मरणोपरान्त र ‘उमा सिंह पत्रकारिता पुरस्कार’ सीमा सिंह शर्मालाई प्रदान गरिएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.