करेन्ट लागेर महिलाको मृत्यु


सप्तरीको रुपनी गाउँपालिका– १ मा बुधबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिकाकी ७५ वर्षीया मसुनी देवी यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । घर नजिकैको खाँडो पुलमा खसेको विद्युत्को तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।  उपचारका लागि बिपी कोइराला धरान लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.