सूर्यविनायक नगरपालिका वडा नं ८ मा रहेको प्रसिद्ध धार्मिकस्थल केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सञ्चालन भएको श्रावणी मेलामा हिजो (आइतबार) सम्म ७६ लाख रकम संकलन भएको छ ।
साउन १ गतेदेखि नियमित रुपमा सञ्चालन भैरहेको मेला सोमबारसम्म यतिको रकम संकलन भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका कोषाध्यक्ष विश्वराम थापाले जानकारी दिए ।
साउन १ गतेबाट भदौं ६ गतेसम्म केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरूयोजना सम्पन्न गर्न र थप प्रचार प्रसार गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिएको हो ।
कोषाध्यक्ष थापाका अनुसार ७६ लाख ३४ हजार २ सय १६ रुपैयाँ आम्दानी भएको छ । उनका अनुसार निर्माण अनुदानमा ५० लाख ८९ हजार ७ सय ७८रुपैयाँ, भगवान भेटी १९ लाख ३४ हजार ४ सय ३६ रुपैयाँ, पञ्च स्नानबाट ३ लाख ९२ हजार २ सय ४४ रुपैयाँ र गंगाआरतीबाट ६३ हजार १ सय ७५ रुपैयाँ लगायत अन्यबाट आम्दानी भएको हो ।
साउन महिनाको अन्तिम सोमबार मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् ।