१५ जिल्लामा बाढीपहिरोबाट ४७ जनाको मृत्यु, १५ बेपत्ता ८ घाइते


दुई दिनयता देशभर बाढीपहिरोबाट ४७ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन्।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख उपसचिव शंकरहरि आचार्यका अनुसार बाढी पहिरोमा परी ८ जना घाइेत भएका छन्। उनका अनुसार पहिरोमा परी पाँचथरमा १, सिन्धुलीमा ४ र सुर्खेतमा ३ जनाको ज्यान गएको छ।

त्यस्तै, बाढीमा परी झापामा ४, मोरङमा ५, सुनसरीमा ८, सर्लाहीमा २, बारामा २ र दाङमा २ जनाको ज्यान गएको छ। त्यस्तै रौतहटमा ७, बाँकेमा ४, धनुषामा १, बर्दियामा २ र मकवानपुरमा १ जनाले ज्यान गुमाएका छन्। अविरल वर्षाका कारण अहिले पनि तराईका धेरै जिल्ला डुबान भएको ठाउँ ठाउँमा सडक अवरुद्ध भएको आचार्यले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.