रौतहटमा सुत्केरी गराउन अस्पताल जाँदै गरेको जिप बाढीले बगायो, एकै परिवारका ६ को मृत्यु

रौतहटमा सुत्केरी गराउन अस्पताल जाँदै गरेको जिप बाढीले बगायो, एकै परिवारका ६ को मृत्यु


अविरल वर्षासँगै आएको बाढीले एउटा जीप बगाउँदा रौतहटमा सुत्केरी गराउन स्वास्थ्यसस्थामा जादै गरेका ६ जनाको मृत्यु भएको छ।

राजपुर गापालिका–३ स्थित बमन नहरको बाँध भत्किँदा उनीहरु चढेको जीप बगाएको थियो।

मृत्यु हुनेमा परोहा गाउँपालिका ३ लौकाहाका ३२ वर्षीय चन्दन यादव, उनको श्रीमती सर्मिला यादव, आमा सुमित्रादेवी, भाउजु ललिता देवी, भतिजा सरोज यादव र छोरी छोटु यादवको बाढीले बगाउँदा मृत्यु भएको स्थानीय शेष वकिलले जानकारी दिए।

बाढीले जीप बगाउँदा ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए।

लौकाहाबाट बिहान करिव ३ बजे उनीहरु राजपुरस्थित स्वास्थ्यकेन्द्रमा सुत्केरी गराउन जाँदै थिए।

चन्दनको श्रीमती सर्मिलादेवीलाई सुत्करी ब्यथा लागेपछि उनीहरु परिवार नै जीपमा  गइरहेका थिए।

स्वास्थ्य केन्द्रदेखि करिव दुई सय मिटरमा उनीहरु चढेको जीप बगाएको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.