चैनपुर नगरपालिका–२ चित्लाङस्थित लिङ्गेपिङ पाखामा पहिरो जाँदा एक करोडभन्दा बढीको क्षति भएको छ ।
सोमबार राति गएको पहिरोमा परी धर्मराज गौतम, डम्बर विक, अनिल घले, जितबहादुर घलेलगायत किसानहरूको अलँैचीबाली र धानबाली पहिरोले नष्ट गरेको हो ।
पहिरोले चैनपुर नुनढाकी सडक समेत भत्काउँदा यातायातमा समस्या भएको स्थानीय अनिल घलेले जानकारी दिएका छन् । रासस