पोखरीमा डुबेर एक बालिकाको मृत्यु


सप्तरीको रुपनी गाउँपालिका– ५ अन्तर्गत तेरोहतास्थित पोखरीमा आज डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सोही गाउँपालिका– ६ जगमोहनटोल घर भई तेरोहोता माइती गएकी अमरिकादेवी चौधरीको तीन वर्षीया छोरी दीपिका चौधरी घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

उनी खेल्दाखेल्दै सो पोखरीमा डबेको प्रहरीले जनाएको छ । गत साउन २३ गते अमिरिकादेवी रक्षाबन्धनका लागि माइती गएकी थिइन् । बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.