गत वर्ष अल्पायूमै निधन भएका पत्रकार कर्ण बोहोराकी पत्नीको पनि उपचारको क्रममा निधन भएको छ। दुबै मृर्गौलाले काम गर्न छोडेपछि उपचारको क्रममा भारत पुगेकी ममता बोहोराको मंगलबार निधन भएको हो।
यसअघि गत मंसिरमा ममताको उपचारका लागि कर्ण काठमाडौं आएका थिए। काठमाडौंको भेनस अस्पतालमा बिरामी श्रीमतीको कुरुवा बसेका उनको सुतिरहेका बेला निधन भएको थियो।
३७ वर्षको उमेरमै निधन भएका बोहोरा कञ्चनपुरमा पत्रकारिता गर्थे। उनी पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष समेत बनेका थिए।