बालुवा झिक्दै गरेका स्काभेटर नियन्त्रित


अवैध रुपमा जिल्लामा विभिन्न खोलाबाट बालुवा झिक्दै गरेका स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गए राति त्रिशूली र तादी नदीबाट बालुवा चोरी निकासी गर्नका लागि उत्खननमा प्रयोग भएको स्काभेटरको ब्याट्री निकालेर ल्याएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए।

प्रहरीका अनुसार त्रिशूली नदीमा विदुर नगरपालिका वडा नं ६ बुनिबेंसी र बेलकोटगढी नगरपालिकाको रातमाटेबाट तीन र तादीको मालाकोट क्षेत्रबाट दुई स्काभेटर नियन्त्रणमा लिइएको हो ।
यस वर्ष असार लागेपछि प्रहरीले नदी र खोलाबाट बालुवा झिकिरहेका सात जनालाई पक्राउ गरि मुद्दासमेत चलाएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.