पत्रकार ज्ञवाली सम्मानित

पत्रकार ज्ञवाली सम्मानित




यस वर्षको ‘बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार’ पत्रकार कृष्ण ज्ञवालीलाई दिइएको छ ।  बारबरा शान्ति प्रतिष्ठान, नेपालले विहिबार काठमाडौंमा एक कार्यक्रमका बीच सो पुरस्कार पत्रकार ज्ञवालीलाई प्रदान गरेको हो । बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कारको राशी १ लाख १ रुपैयाँ रहेको छ ।

नेपाल चिकित्सा शाष्त्र शिक्षामा भएको भ्रष्टाचार र अनियमितताबारे खोजमूलक रिपोर्टहरु प्रकाशित गरेबापत पत्रकार ज्ञवालीलाई नगद १ लाख १ रुपैयाँसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष डा. सन्द्रुक रुइटले जानकारी दिए।

यसअघि यो पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित भएका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.