माडीका स्थानीय अझै अन्धकारमा बस्न बाध्य,सम्बन्धित निकायको ध्यान गएन 


विद्युत प्रसारण लाईनमा देखिएको समस्याका कारण विगत दुई सातायता चितवन माडीका जनताहरु अन्धकारमा बस्न बाध्य भएका छन् । सरोकारवाला निकायले प्रसारण लाईन मर्मतमा चासो नदिँदा उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।

पटक /पटकको टेलिफोन वार्तामा समेत कर्मचारी र सरकारले खासै चासो नदेखाएपछि समस्यामा वस्न वाध्य भएको माडीवासीहरुले गुनासो गरे। टेलिफोन वार्ताकै क्रममा माडी सवस्टेशनमा  कार्यरत कर्मचारी माडी क्षेत्रमा काम नभएपछि गीतानगर सवस्टेशनमा काम गर्न गइरहेको र माडीमा तत्काल विद्युत सुचारु नहुने देखिएको बताएका छन् । विद्युत सुचारु नभएपछि आफूहरुलाई जहाँ खटाउँछ त्यही काम गर्न जाने र माडीमा विद्युतको काम शून्य जस्तो रहेको माडी सवस्टेशनका फोर मेन रामचन्द्र गिरीले बताए ।

नेपालकै पहिलो अन्डर ग्राउन्ड माध्यमबाट सञ्चालित विद्युतमा  एक वर्षसम्म सञ्चालन नहुँदै धेरै नै समस्या देखिएको छ । केही समयमा मर्मत गरेपछि २/४ दिन विद्युत सुचारु हुने र पुन त्यही समस्या देखिने गर्दा माडीमा दिर्घकालीन रुपमा विद्युत सुचारु नहुने समस्या देखिएको माडीकाअगुवा रमेश प्रसाद अधिकारीले दुखेसो पोखे । अन्डर ग्राउन्डमा कपर तार विछ्याउनुपर्ने ठाउँमा आल्मुनियम तार विछाइएको र ८/१० किलोमिटर जंगलमा एउटै मात्र आल्मुनियममा विछ्याउन  समस्या भएको र टुक्रा/ टुक्रा गरी विछ्याउँदा वर्षातको समयमा विद्युत  सञ्चालनमा समस्यामा देखिएको र आयोजनालाई परिवर्तन गरी कपर तार परिवर्तन नगरेसम्म यस्तो माडीमा देखिने गरेको अधिकारीको भनाइ छ ।

यता समस्या पत्ता लगाउनका लागि मेसिन र प्राविधिक १ या २ दिनमा आइपुग्ने र काम सुचारु हुने विद्युत  प्राधिकरणका योजना प्रमुख जगदिश जोशीले जानकारी दिए ।  मेसिन भन्सारमा रोकिएको र मेसिन नआइपुग्दासम्म कार्य अगाडि बढाउन नसकिने भएकाले माडीबासीहरुले अन्धकारमा बस्नुपर्ने भएको जगदिश जोशीले बताए । माडीमा देखिएको यस्तो समस्यालाई दिर्घकालीन रुपमा सुचारु गराउनका लागि आवश्यक ओभरहेड मार्फत विद्युत सुचारु या अन्डर ग्राउन्ड मार्फत समस्या सामधान गराउने विषयमा समेत प्राधिकरणले विशेष चासो लिइरहेको प्राधिकरणका प्रमुख जोशीले जानकारी दिए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.