खानेपानी सुचारु नहुँदा स्थानीयवासी मर्कामा


गुल्मीको मुसिकोट नगरपालिका वडा नंं २, ३, ४ को मुसिकोट र बडागाउँमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी अवरुद्ध हुँदा स्थानीयवासी निकै समस्यामा परेका छन् ।

झण्डै ३२ किलोमिटर टाढा दलिङ पासेखोलाबाट ल्याइएको खानेपानी मुसिकोट नगरपालिका–२ का मुसिकोटका विभिन्न स्थानमा पाइप जीर्ण बन्दै जाँदा खानेपानी जडान गरिएका पाइप टुटफुट भइरहेको र मोटरबाटो खनेका स्थानमा वर्षातले गर्दा पहिरोले पाइप बगाउने र पुर्ने जस्ता समस्याले खानेपानी अवरुद्ध भएको मुसिकोट–बडागाउँ उपभोक्ता समितिका सचिव घिमिरेले जानकारी दिए ।  साथै, खानेपानी सुचारु हुन करीब एक हप्ता लाग्ने समितिका सचिव घिमिरेले जानकारी दिए ।

खानेपानी सुचारु नहुँदा तीन वडाका झण्डै २५० घरधुरीका उपभोक्ताले घण्टौँ लगाएर आफ्नो नजिकका कुवा, कुलेसामा खानेपानी लिनुपर्ने बाध्यता रहेको छ । यसरी पटकपटक खानेपानी अवरुद्ध भइरहँदा खानेपानी नियमितरुपमा सुचारु नहँुदा स्थानीयवासीलाई निकै समस्या भइरहेको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.