इलाममा सौर्यबत्तीको काम शुरू

इलाममा सौर्यबत्तीको काम शुरू




सौर्यबत्ती जडानका लागि इलाम सदरमुकाममा पोल गाड्ने काम शुरू भएको छ ।

इलाम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेको सडक बत्तीलाई व्यवस्थित गर्दै सौर्यबत्तीका लागि पोलिङ शुरू गरिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले सघन शहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो ।

इलाम नगरपालिकासँगको समन्वयमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले चालू आवको माघ मसान्तसम्ममा काम सक्ने गरी सौर्यबत्तीको काम थालेको डिभिजन कार्यालयका सन्तोष नेम्वाङले जानकारी दिए ।

सौर्य बत्ती जडानका लागि सिप्रदी इनर्जीले भ्याटसहित  एक करोड ८९ लाख ३२ हजार रुपैयाँमा ठेक्का लिएको हो । इलाम नगरपालिकाको साविक वडा नं १, २ र ३ को मुख्य बजार क्षेत्रमा ३ सयसम्म सौर्यबत्ती जडान गरिने कार्यालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.