जनकपुर उपमहानरपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीमाथि स्थानीयले मंगलबार हातपातको प्रयास गरेका छन्।
जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार बिहान ८ बजेतिर सहरी विकास मन्त्री प्रभु शाह स्थलगत निरीक्षणका लागि मुरलीचोक पुगेका थिए । त्यहाँ केहीसमयदेखि पाइप फुटेर सडकमा पानी बग्ने समस्या थियो ।
‘मन्त्रीज्यूसँगै उहाँ (सुवेदी) पनि टोलीमा हुनुहुन्थ्यो, सबैजना गाडीबाट ओर्लेर ठाउँ हेर्न जानुभयो’, आचार्यले भने, ‘तर उहाँ सन्चो छैन भनेर गाडीमा बसिरहनुभएको थियो।’ त्यहीबेला केही स्थानीय आएर सुवेदीलाई तपाईँ पनि गाडीबाट झरेर कुरा सुन्नुस् भने । जवाफमा सुवेदीले आफू तल नझर्ने बताएपछि आक्रोशित स्थानीयले उनलाई गाडीबाट तान्न खोजेका थिए । ‘हामी त्यहीँ भएकाले उहाँलाई हातपात गर्न खोज्नेलाई तितरबितर ग¥यौं त्यस्तो नराम्रो केही हुन पाएन,’ आचार्यले भने।