ढुंगाले च्याप्दा एक घरका तीन बालबालिकाको मृत्यु

ढुंगाले च्याप्दा एक घरका तीन बालबालिकाको मृत्यु




सान्नित्रिवेणी गाउँपालिकाको एक घरमा बाढीसँगै आएको ढुंगाले घर पुर्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सान्नित्रिवेणी–६ काव्राका बुदे सार्कीका १३ वर्षीया छोरी ललिता, नौ वर्षीय छोरा लंक र पाँच वर्षीया छोरी कल्पना सार्की रहेको आफन्तले बताएका छन् । उनीहरु ढुङ्गाले च्यापिएका छन् ।

स्थानीयवासीका अनुसार बुदे, उनकी श्रीमती बेलु र छिमेकी शर्मिला सार्कीसहित सात जना घाइते भएकामा जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । सान्नित्रिवेणीका अध्यक्ष डम्बरबहादुर शाहीका अनुसार सिंगो दलित बस्ती उच्च जोखीममा रहेको बताइएको छ । अध्यक्ष शाहीले बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय कालीकोटमा पहल गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त स्थानलाई जोखीम क्षेत्र घोषणा गरिएको तर सो ठूलो ढुंगालाई फोरेर बालबालिका निकाल्न सम्भव नभएका कारण समस्या आएको बताइएको छ । चार वर्ष पहिले सान्निगाढमा आएको पहिराले सात जनाको ज्यान गएको सो क्षेत्रमा पुनः समस्या दोहोरिएको बताइएको छ । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.