रूपन्देहीका एक युवाले मादकपदार्थ सेवन गरी आफ्ना बाबुको हत्या गरेका छन् ।
गएराति करिब दुईबजेतिर मादकपदार्थ सेवन गरी घरमा पुगेका मर्चवारी गाउँपालिका वडा नं. १ का ३५ वार्षीय लाल चाईले ६० वर्षीय बाबु सन्तु चाईलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सशक्त घाइते भएका चाईलाई उपचारका लागि मंगलबार बिहान भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पुर्याइएको थियो । तर उपचारकै क्रममा चाईको मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुको मृत्यु भएपछि छोरालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।