‘स्वाइन फ्लु’का विरामीको उपचार गर्न अल्का अस्पताल सफल


ललितपुरको अल्का अस्पतालले स्वाइन फ्लु लागेको एक विरामीलाई उपचार गरी सामान्य अवस्थामा ल्याएको छ।

महालक्ष्मी नगरपालिकाका ६ का एक ४५ वर्षीय पुरुष व्यक्तिलाई निको अवस्थामा ल्याइपुर्याएको अल्का अस्पतालले जनाएको छ। यही साउन ४ गते ती व्यक्ति सामान्य ज्वरो आएपछि अस्पताल पुगेका थिए।

विरामीको आवश्यक प्रयोगशाला परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । परीक्षणमा उनलाई स्वाइन फ्लु भएको पाइएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरु डा.निमेश पौडेल,डा.पुकार थापा, डा.अजित श्रेष्ठ र डा जेण्टल सुन्दर श्रेष्ठको समुह ती व्यक्तिको उपचारमा सम्लग्न रहेको अल्का अस्पतालकी प्रशासन प्रमुख  रोजिका प्रधानले जानकारी दिइन। विरामीलाई  १० दिन भेन्टीलेटरमा राखेर  विशेष उपचार गरिएको थियो।

तत्कालको परीक्षण र उपचार पश्चात हाल विरामीको स्वास्थ्य अवस्था सामान्य भएको अस्पतालले जनाएको छ। ‘स्वाइन फ्लु जस्तो रोगको पहिचान भएपछि हामीले विरामीलाई उपचार गरेर सामान्य अवस्थामा ल्याइपुर्याएका छौं,’ प्रधानले सेतोपाटीसँग भनिन्, ‘यसमा नै हामी खुसी छौं ।’

ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने र वाकवाकी हुनेजस्ता लक्षण स्वाइन फ्लुका हुन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.