मध्यपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत मिति २०७३ चैत २२ देखि २०७४ वैशाख २२ गते सम्म सञ्चालित विविए (BBA) पहिलो, तेस्रो र पाँचौं सेमेस्टर, २०७३ चैत २४ देखि २०७४ बैशाख १२ गते सम्म सञ्चालित विविएस (BBS) पहिलो, तेस्रो र पाँचौं सेमेस्टर र २०७३ चैत्र २४ देखि २०७४ बैशाख १२ गते सम्म सञ्चालित एमविएस (MBS) पहिलो, र चौथो सेमेस्टरको सत्रान्त परीक्षामा सम्मिलित नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुको परीक्षाको नतिजा प्रकाशन भएको छ।
अनुत्तीर्ण परीक्षार्थीहरुले उत्तरपुस्तिकाको पुनर्योग गराउन चाहेमा प्रति विषय रु. २०० का दरले परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनभित्र व्यवस्थापन केन्द्रीय क्याम्पस वा मुसुमको कार्यालय मार्फत डिनको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्ने विश्व विद्यालयले जनाएको छ।
प्रकाशित नतिजा केन्द्रीय क्याम्पसको सूचना पाटी तथा विश्वविद्यालयको वेवसाईट www.mwu.edu.np मा समेत हेर्न सकिने छ ।