१० वर्षअघि हत्या गरि फरार भएका जमलबाट पक्राउ

१० वर्षअघि हत्या गरि फरार भएका जमलबाट पक्राउ


कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई रामेछाप प्रहरीले काठमाडौंको जमलबाट पक्राउ गरेको छ।

रामेछाप तिल्पुङ ४ का नरबहादुर बुढाथोकीलाई १० वर्षअघि हत्या गरि फरार भएका स्थानीय प्रमेश बुढाथोकीलाई पक्राउ गरेको डिएसपी कुमोध ढुंगेलले जानकारी दिए।

प्रमेशले २०६४ साल साउन ६ गते धारिलो हतियार प्रहार गरी नरबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या पछि फरार भएका प्रमेश जमलमा हिँडिरहेका बेला बाटोबाटै पक्राउ परेका हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.