गजुरीमा  माइक्रोबस दुर्घटना हुँदा  बीस घाइते


पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकाको छहरामा दुईवटा माइक्रोबस ठोक्किएर मङ्गलबार भएको दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।

इलाका प्रहहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहका अनुसार काठमाडौंबाट चितवन जाँदै गरेको बा३ख ३८ नम्बरको माइक्रोबस र गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको बा१ज ५८७० नंको माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल पठाइएको छ भने अन्य घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि केही समय राजमार्ग अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त सवारीसाधन पाखा लगाएपछि राजमार्गमा सवारी आवागमन सञ्चालन भएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.