गोसाइँकुण्डमा दुर्घटना भएको हेलिकप्टरको पार्टपूर्जा काठमाडौंमा


जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपूर्जा काठमाडौं पुर्याइएको छ ।

मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगत रुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलिकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौं लगिएको हो ।

छजना तीर्थयात्री बोकेका सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भएको थियो ।

एकपटकमा उठाउन नसक्ने भएपछि वरिष्ठ हेलिकप्टर चालक हिरा दाहालको नेतृत्वमा गएको प्राविधिक टोलीले हेलिकप्टरका पार्टपूर्जालाई दुई माग गरी छुट्टाछुट्टै झुन्ड्याएर लगिएको उडान प्रबन्धक श्रेष्ठले बताए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.