कर्मचारीबीच समन्वय नहुँदा पुनर्निर्माणमा ढिलाइ


सरकारी कर्मचारीबीच समन्वय नहुँदा भूकम्पपीडितको पुनःस्थापनामा चुनौती थपिएको पाइएको छ ।

ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालले (टिआई) आइतबार काठटमाडौंमा आयोजना गरेको ‘भूकम्पपछिको  पुनर्निर्माण र पुनःस्थापनामा सदाचार’ विषयक अन्तरक्रियामा कर्मचारीबीच पुनर्निर्माण गर्नका लागि समन्वय नहुँदा पुनःस्थापनामा चुनौती थपिएको पाइएको हो । टिआईले सञ्चालन गरेको भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रममा कर्मचारीबीच समन्वय नहुँदा पुनर्निर्माणमा ढिलाइ भएको पाइएको हो।
टिआईका अध्यक्ष श्रीहरि अर्यालले भूकम्पपपीडितको गुनासो सुन्न जाँदा कर्मचारीको गुनासो सुन्न पाइएको बताए । ‘पुनःनिर्माण कसरी गर्ने भन्नेमा कर्मचारीको समन्वय भइरहेको छैन’, उनले थपे, ‘जसले गर्दा भूकम्पपीडितको पुनःस्थापनामा ढिलाइ भएको छ ।’ ֹउनले सरकारी संयन्त्र एकीकृत रुपमा परिचालन गरेर मात्र भूकम्पपीडितको पुनःस्थापना गर्न सकिने बताए ।

राष्ट्रिय भूकम्प प्राधिकरणका कार्यसमिति सदस्य ध्रुवराज शर्माले पुनर्निर्माणको काम द्रुत गतिमा बढिरहेको बताउँदै भूकम्पपीडितका आफ्नै समस्याका कारण पुनर्निर्माणमा ढिलाइ भएको बताए ।  काठमाडौं प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पुनर्निर्माणको काम ढिलाइले भूकम्पपीडितलाई समस्या परेको भन्दै पुनर्निर्माणलाई चाँडो सक्नुपर्ने धारणा व्यक्त गरे । टिआईले भूकम्पपछि अति प्रभावित १२ जिल्लामा पुनर्निर्माणमा सरकारले गरिरहेको कामका अध्ययन गरेको थियो ।

टिआईका कार्यक्रम अधिकृत विनोद भट्टराईले अध्ययनका क्रममा करीब एक हजार ५०० भूकम्पसम्बन्धी गुनासा पाइएको जानकारी दिए । उनका अनुसार पुनर्निर्माणका लागि आर्थिक किस्ता पाउन समस्या, बैंकिङ प्रक्रिया झण्झटिलो, सरकारले भूकम्पपीडितलाई आवास निर्माण गर्न नभई सहयोग मात्र गर्न भन्ने कुरा बुझाउन नसकेको, प्राधिकरणले उपलब्ध गराएको घरको नमूनाबाहेक पनि स्थानीयवासीको चाहना र आवश्यकताअनुसार घरको नमूना उपलब्ध गराउन नसकेको, पुनर्निर्माण गर्नका लागि दक्ष जनशक्तिको अभाव जस्ता गुनासा पाइएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.