सेनाले थाल्यो फास्ट ट्र्याकको सफाइ

सेनाले थाल्यो फास्ट ट्र्याकको सफाइ


नेपाली सेनाले काठमाडौ-तराई फास्ट ट्र्याकको ट्रयाक सफाइ थालेको  छ।

सेनाले २०७० सालमा फास्ट ट्र्याकको १२० किलोमिटर ट्र्याक खोलेको थियो। सेनालाई सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा दिएपछि सेनाले अहिले ट्र्याकको सफाइ गरिरहेको छ।

सेनाले फास्ट ट्र्याकको जिम्मा पाएपछि विभिन्न ठाउँमा पोस्ट समेत खडा गरिरहेको छ। फास्ट ट्र्याकको निजगढ, बुदुनी र सिस्नेरीमा सेनाले पोस्ट खडा गरेको छ।

बिहिबार नेपाली सेनाको फास्ट ट्र्याक निर्देशक समितिका अध्यक्ष बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले फास्ट ट्र्याकका लागि खडा भएका पोस्टहरुको अवलोकन गरेका छन्।

त्यस्तै उनले फास्ट ट्र्याकको ट्र्याकमा आएका पहिरो हटाउन कार्यलाई तीव्रता दिन समेत निर्देशन दिएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.