वन मन्त्रालयको लापरबाहीले ५ वर्ष बित्दा पनि निर्माण भएन विद्यत् टावर


विश्व बैंकको रु पाँच अर्ब बीस करोडको लागतमा ४०० केभी विद्युत् प्रसारका लागि निर्माण भइरहेको फलामे विद्यत् टावर निर्माण छ महिनादेखि ठप्प छ ।

वन जंगल क्षेत्रमा पर्ने रुख कटान नगर्दा जनकपुरको ढल्केबर–बर्दिवास र सप्तरीको कञ्चपुर हुँदै सुनसरीको इनरुवासम्म निर्माण हुने ८०० वटा भूकम्प प्रतिरोधात्मक विद्युत् टावर निर्माण गर्न सकिएको छैन ।

सन् २०१३ अप्रिलबाट ३० महीनामा निर्माण पूरा गर्नुपर्ने ती टावर पाँच वर्ष बित्न लाग्दासमेत निर्माण हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणमार्फत एआइएएल इण्डिया तथा एलटिभी जर्मनद्वारा संयुक्त रुपमा ५०० वटा टावर निर्माण भइसकेका छन् ।

वन मन्त्रालयको लापरबाही र ढिलासुस्तीका कारण निर्माणमा समस्या आएको निर्माण कम्पनीका प्रबन्धक दिनेशमान चन्द्राले बताए ।  टावर निर्माणका सामग्री लथालिङ्ग अवस्थामा छन् । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.