फर्निचर उद्योग आगलागी हुँदा १६ लाख बराबरको क्षति


भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।

स्थानीय चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातिबाट भएको आगलागीबाट रू. १६ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

राति करीब ११ः४५ बजे लागेको आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं मेशिन जलेर नष्ट भएको उनले जानकारी दिए ।
आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बरुणयन्त्र भक्तपुर र ललितपुरका दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा करीब २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

कारखानामा राति कोही पनि नबस्ने भएकाले आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.