मोदीको बजेट ३७ करोड ४३ लाख


मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आव २०७४/०७५ का लागि रू‍. ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ ।

सोमध्ये चालूतर्फ रू‍. २५ करोड ६४ लाख ४० हजार र पूँजीगततर्फ रू‍. ११ करोड ७८ लाख ७२ हजार विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सेती महतले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सकिने गरी योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए ।

बजेटमा गाउँपालिका सबै वडामा सडकको पहुँच विस्तार गर्ने, गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्ने, वन– पर्यटन– उद्योग– जलविद्युत्, व्यावसायिक कृषि तथा पशुपालनको माध्यमद्वारा स्वरोजगार र रोजगार सिर्जना गरी युवालाई पलायन हुनेबाट रोक्ने योजनालाई पनि नगरसभाले प्राथमिकतामा राखेको बताइएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.