युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले भ्रम छर्‍यो


हामी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले लिएको स्नातकोत्तर तहको प्रवेश परीक्षाबाट बनाइएको योग्यता क्रम अनुसार युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका लागि छनौट भएका विद्यार्थी हौं । यसैबीच मेरिटका आधारमा भर्ना गर्ने सम्मानित सर्वोच्च अदालतको फैसलासमेत भएकोमा हामी विगत ६ दिनदेखि भैरहवास्थित सो कलेजमा गएर भर्ना हुन प्रयासरत छौं । तर नेपाल सरकारको निर्देशन तथा सम्मानित अदालताको आदेशसमेतको प्रतिकुल हुने गरी हामीलाई नियमसंगत भर्ना लिन अस्वीकार गरेर सो कलेजले भविष्यमा विभिन्न वहानामा अतिरिक्त शुल्क तिर्नुपर्ने व्यहोराको कागजमा सही गर्न नाजायज दबाब दियो । कलेजको त्यस्तो गलत प्रयासपछि हामी बारम्बार जिल्ला प्रशासन कार्यालय गएर हाम्रो अवस्थाबारे जानकारी गराएर विधिपूर्वक भर्ना गराइदिन सहयोग माग्यौं । तत्पश्चात् सो कार्यालयले पटक पटक विद्यार्थी भर्नाको व्यवस्था गर्न कलेजलाई पत्राचार समेत गर्यो ।

यही अवस्थामा आज साउन २ गतेको कान्तिपुर दैनिकमा एक सुचना निकाल्दै सो कलेजले हामीसमेत भर्ना हुन कलेजमा नआएको भनेर सफेद झुठो सन्देश दिएको तथा समयमा भर्ना हुन नआएमा कलेज जवाफदेही नहुने भनेर हामीलाई जबर्जस्ती भर्ना हुनबाट रोक्ने दुर्नियत राखेको प्रष्ट हुन आएको छ । यसबाट कलेजले सम्बन्धित नियामक निकाय आइओएमको निर्देशन अवज्ञा गरेको, सम्मानित अदालतको अपहेलना गरेको तथा जिल्ला प्रशासन कार्यालयको निर्देशन अटेरी गरेको प्रस्ट हुन गएको छ । त्यसैले सो कलेजले आज कान्तिपुरमा निकालेको सुचनामाम कुनै पनि सत्यता नभएको जानकारी गराउँदै यो प्रकरणमा सत्यतथ्य बाहिर ल्याइ हामीले नियमपूर्वक सहज तरिकाले भर्ना भएर पढ्न पाउने अवस्था सिर्जना गर्न सहयोग गरिदिनुहुन अनुरोध गर्दर्छौं ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.