कानेपोखरीमा कुहिएको अवस्थामा शव फेला


मोरङको कानेपोखरी गाउँपालिकामा एक बंगाली युवकको शव फेला परेको छ।

भारत आसामको कोकराझार जिल्ला पाटगाउँ बस्ने चन्द्र रोयको शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कानेपोखरीस्थित लाल बा. श्रेष्ठको घरमा पाहुना आएका अन्दाजी ३५/३६वर्षीय रोयको शव  कानेपोखरी गाउँ पालिका वडा नं. ६ सुन्तली स्कुल छेउको जंगलमा फेला परेको हो।

असार ३१ गते शनिबार बिहान ३/ ४  बजेतिर बाहिर जान हिँडेका रोय बेपत्ता थिए। सोमबार बिहान १० बजे तिर दाउरा काट्ने जानेले कुहिएको अवस्थामा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए।

नेपाली भाषा प्रस्ट बोल्न नजान्ने बंगाली बुधबार नेपाल आएर साथी सागर नेवारसँग सुनसरीको झुम्कामा बसेका थिए। शुक्रबार बेलुका कानेपोखरीमा सागरको फुपुको घर आईपुगेका थिए। बिहान ट्वाइलेट जान हिँडेका व्यक्ति फेला नपरेपछि लाल बहादुर श्रेष्ठको परिवारले ईलाका प्रहरी कार्यालयमा  मान्छे हराएको उजुरी दिएका थिए।

घटनाबारे थप छानबिन भइरहेको प्रहरीले बताएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.