ताप्लेजुङमा स्वास्थ्य चौकी बनाउन युवतीको अभियान


ताप्लेजुङकी एउटी चेली जन्मथलोमा स्वास्थ्य चौकी भवन बनाउने अभियानमा जुटेकी छिन्। फक्ताङलुङ गाउँपालिकाको घुन्सा अस्थायी सामुदायिक स्वास्थ्य भवन बनाउन याङजोम शेर्पाले फेस बुक अभियान मार्फत १६ लाख रुपैयाँ उठाइसकेकि छिन् ।

चालिस लाख रुपैयाँ उठाएर ५ कोठे पक्की भवन बनाउने उनको योजना छ । विगत तीन महिनादेखि फेसबुक अभियान चलाएकि शेर्पाले आउँदो चैतभित्र रकम उठिसक्ने आशा गरेकि छिन् । स्वास्थ्य चौकी भवन नहुँदा समस्या भैरहेको उनले बताइन् ।

घुन्सा पुग्न ताप्लेजुङको सदरमुकाम फुङलिङबाट चार दिन लाग्छ । यसैबीच शनिबार लिःल फङ् घले समाजले नेपाल र विदेशबाट उठाएको १ लाख ३१ हजार रुपैयाँ शनिबार काठमाडौंमा शेर्पालाई हस्तान्तरण गरेको समाजका अगुवा बीरसिंह घलेले जानकारी दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.