रहेनन् कांग्रेस संस्थापक नेता जोशी

फाइल तस्बिर। फेसबुकबाट साभार।


नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको बिहीबार साँझ निधन भएको छ। ९२ वर्षिय जोशीको उपचारको क्रममा राजधानीको ग्रान्डी अस्पतालमा निधन भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि असार ७ गते जोशीलाई अस्पताल भर्ना गरिएको थियो।

कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको निधनले अत्यन्तै दुःखी भएको बताउँदै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।

गान्धीवादी नेताका रूपमा चिनिने जोशी दुई पटक सांसद बनेका थिए। उनले २०४८ र २०५१ को निर्वाचनमा सर्लाही–३ बाट निर्वाचन जितेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.