अधिकृत घुससहित पक्राउ


जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत नगिना रायलाई ४० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासको टोलीले आज अपराह्न कार्यक्रम अधिकृत रायको कार्यकक्षमा छापा मारी रकम बरामद गरिएको आयोगले जनाएको छ । रायलाई थप अनुसन्धानका लागि सम्पर्क कार्यालय बर्दिवासमा ल्याइएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.