ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु


गुडिरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा सोमबार एक प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गको गल्छीबाट काठमाडौँ जाँदै गरेको बा ७६ प ६४१२ नंको मोटरसाइकललाई ना ३ ख २९४६ नंको ट्रकले थाक्रे गाउँपालिका–७ सातकिलोमा ठक्कर दिँदा मोटरसाइकलमा सवार बेनीघाट गाउँपालिका निवासी प्रहरी जवान सन्तोषजङ्ग शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल चालक घाइते प्रहरी जवान सुजन खड्कालाई भने काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक गतिमा गुडेको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.