हतियार खाेज्दै प्रहरी बौद्ध पुग्दा बाघकाे छाला भेटियो


सोह्रखुट्टे प्रहरीले बाघको छालासहित ७ जनालाई बौद्धबाट पक्राउ गरेको छ।

प्रेम तामाङ, सुरेन तामाङ, राजु सुनुवार, धनबहादुर लामा, सन्जय लामा, अमर लामा र छिरिङ तामाङलाई पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए।

छाला बेच्नका लागि काठमाडौं आएका बेला उनीहरु पक्राउ परेका हुन्। उनीहरुले ४ लाखमा साे छाला बेच्न लागेका थिए।

‘हतियार छ भन्ने सुराकीमा आधारमा हामी उनीहरुलाई पछ्याउँदै बौद्ध पुगेका थियौं, ‘डिएसपी राठौंरले भने ‘हतियार भेटिएन तर बाघको छाला भने भेट्यौं।’

प्रतिबन्धित बाघको छालासहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी राठौंरले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.