मेलमिलाप आयोगद्वारा उजुरी छानबिन शुरू‍


 सत्य निरुपण तथा मेलमिलाप आयोग, मुकाम तुलसीपुरले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा परेका निवेदनमा छानबिन शुरू‍ गरेको छ । आयोगका शाखा अधिकृत पूर्णबहादुर केसीले आयोगमा परेका उजुरीमाथि छानबिन शुरू‍ गरेको बताए ।

प्रदेश नं ५ मा १६ हजार उजुरी परेकामा मुकाममा  एक हजार पाँचवटा प्राप्त गरेको बताए ।  घोराहीमा आयोजना गरिएको रोकारवालासँगको छलफल कार्यक्रममा उनले  यस्तो जानकारी दिएका हुन् ।

अहिले परेका उजुरी जिल्लाअनुसार छुट्याई सकिएको केसीले बताए । आठवटा फरक फरक विधामा छुट्याइएको छ । अहिले पत्राचार गर्ने, कागजपत्र झिकाउने, सनाखत गर्ने काम शुरू‍ भएको अधिकृत केसीले बताए । कार्यालय स्थापना भएको अहिले एक महीना  मात्र भएको र कार्यालय व्यवस्थापनसँगै अन्य कामसमेत  शुरू‍ गरेको उनको भनाइ छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.