मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीको आन्दोलन


नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने बताएको छ ।

गत जेठ १५ मा शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भए पनि लागू नभएको भन्दै सो सङ्गठनले कडा आन्दोलनको चेतावनी दिएको हो ।

सो सङ्गठनले त्यसरी शुल्क बढी लिने र फिर्तामा अटेरी गर्ने काठमाडौं, भक्तपुर र ललितपुरका ३१ निजी विद्यालयको लेखा शाखामा तालाबन्दी जारी राखेको छ भने थप सङ्घर्ष सञ्चालन गर्ने बताएको छ । सङ्गठनका सचिव रामबहादुर विकले शिक्षामा माफियाकरणको अन्त्य नभएसम्म आन्दोलन गरिने बताए । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.