नेपाल प्रहरीका ११ जन कर्मचारी चैतदेखि गैरहाजिर भएका छन्।
प्रहरी प्रधान कार्यलयले सोमबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो।
गैरहाजिर हुने प्रहरीहरूमा प्रहरी सहायक हवलदार राम सकल रावत, ओमबहादुर चौधरी थारू, नरजंग वली छन्।
त्यस्तै प्रहरी जवान पुनम चन्द, हरी भुल, केशर कुँवर, सन्दीप कार्की, नवीन कोइराला, राहुलकुमार साह, राजकुमार गुरूङ र प्रहरी कार्यालय सहयोगी विशाल कुँवर छन्।
उनीहरू गत चैतको विभिन्न मितिदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनीहरुको खोजतलास गराउँदा तथा प्रहरी नियमावली बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण सहित हाजिर हुन कार्यालयले निर्देशन दिएको छ।
अन्यथा प्रहरी नियमावलीअनसार सेवाबाट हटाइने चेतावनी कार्यालयले दिएको छ।
सूचनाः
