रूपन्देहीको बुटवल क्षेत्रमा शुक्रबार दिउँसै एकाएक अँध्यारो छाएको छ।
दिउँसो करिब २ बजेतिर मौसम एक्कासि बदलिएपछि आकाशमा बाक्लो कालो बादल मडारिँदा केही समयका लागि रात परेजस्तो दृश्य देखिएको थियो अहिले हावाहुरी केही कम भएको छ।
कतिपय स्थानमा सामान्य वर्षा समेत भएको छ।
स्थानीय व्यवसायीका अनुसार दिउँसोको समयमा नै बत्ती बाल्नुपर्ने अवस्था सिर्जना भएको थियो। सडकमा सवारी साधनहरू बत्ती बालेर गुडिरहेका देखिन्थे।
लुम्बिनी सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ।
लुम्बिनी प्रदेशका रूपन्देही, बर्दिया, दाङ, बाँके र कपिलवस्तु लगायतका जिल्लामा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा दाङको अम्मरपुरमा ३२.८ मिलिमिटर मापन भएको छ।
मौसमविद्हरूले भने पश्चिमी वायु र स्थानीय वायुमण्डलीय प्रणाली सक्रिय हुँदा यस्तो अवस्था आएको हुन सक्ने बताएका छन्।
यस्ता गतिविधि अझ केही दिनसम्म जारी रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
तस्बिरहरू:
-1773999671.jpg)
-1773999669.jpg)
-1773999669.jpg)
-1773999671.jpg)
-1773999672.jpg)
-1773999673.jpg)
-1773999670.jpg)
-1773999670.jpg)
-1773999669.jpg)
-1773999669.jpg)
-1773999668.jpg)
-1773999668.jpg)
-1773999668.jpg)
-1773999668.jpg)