रूकुम पश्चिममा रूखको हाँगाले लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुका ५५ वर्षीय धनबहादुर खत्रीको आइतबार बेलुकीपख हावाहुरीले झारेको रूखको हाँगाले लागेर मृत्यु भएको हो।
रूकुम पश्चिमका प्रहरी प्रवक्ता हरिप्रसाद पुनका अनुसार बेलुका साढे ६ बजेतिर काम गरी घरतर्फ फर्किँदै गरेका मिस्त्री काम गर्ने खत्रीलाई हावाहुरीले झारेको रूखको हाँगाले च्यापेको थियो।
'हावाहुरी चलेको समयमा हिँडिरहेका खत्रीलाई ओखरको हाँगा झरेर लागेपछि घटनास्थलमै मृत्यु भएको थियो,' प्रहरी निरीक्षक पुनले भने।
घरभन्दा करिब तीन सय मिटरको दुरीमा खत्रीको मृत्यु भएको हो।