काठमाडौं महानगरपालिकाले धोबीखोला र विष्णुमति नदीमा 'ट्र्यास बिन' राख्ने काम गरिरहेको छ।
महानगरले माघ महिनादेखि धोबीखोला र विष्णुमति नदीका विभिन्न स्थानमा ट्र्यास बिन राखिरहेको वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्।
उनका अनुसार ११ स्थानमा 'ट्र्यास बिन' राखिँदै छ।
'खोलाको सतहमा आउने फोहोरका लागि ट्र्यास बिन राखेका हौं,' उनले भनिन्, 'यसले बगेर आउने ठोस फोहोर रोक्छ।'
त्यसरी जम्मा हुने फोहोर व्यवस्थापन महानगर आफैले गर्छ।
टुकुचामा पनि ट्र्यास बिन राख्ने योजना भएको उनले बताइन्।
उनका अनुसार महानगरले चलु आर्थिक वर्ष खोला सरफाइका लागि भनेर ५० लाख बजेट विनियोजन गरेको थियो। सोही कार्यक्रममार्फत् यो काम भइरहेको हो।
बागमति खोलामा भने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ट्र्यास बिन राख्ने काम गरिरहेको उनको भनाइ छ।
-1770106846.jpg)
-1770106846.jpg)
-1770105484.jpg)
-1770105484.jpg)
-1770105484.jpg)
-1770105483.jpg)
-1770105483.jpg)
-1770105483.jpg)