सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोल सहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखा जिल्ला भिमेश्वर नगरपालिका– ९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षकै सुशील स्याङ्तान र सुनसरी जिल्ला धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई पेस्तोल सहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।