काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको एक घरमा ठूलो परिमाणमा सुन-चाँदीका गहना चोरी भएको छ।
मंगलबार मध्याह्न १२ बजेतिर एक घरबाट ४२ तोला सुनचाँदीका गहना चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।
३२ तोला सुनका गहना र अन्दाजी १० तोला चाँदीका गहना चोरी भएको हो। पाँच तले घरमा उक्त चोरी भएको हो।
घरको छतमा मानिसहरू बसिरहेका बेला चौथो तलामा चोरी भएको हो।
चोरी भएको कोठाको ढोकाको कब्जा फुकाइएको अवस्थामा फेला परेको छ।
प्रहरी वृत्त बौद्धले आसपासका सिसिटिभी फुटेज हेरी अनुसन्धान गरिरहेको छ।